प्रबासी नेपाली समन्वय समिति द्वारा संचालित कार्यक्रम बारेमा समिक्षा बैठक सप्पन्न ।

  • ३० जेष्ठ २०७८, आईतवार ०२:४४ मा प्रकाशित

  • गन्तव्यमुलुकमा आप्रवासी कामदारहरुलाई आबस्यक सहजीकरण गरि स्थानीय संघ संस्था र नियोगसङ्ग पहुँच बढाएर आबस्यकिय सेवाका लागि सहजीकरण बढाउन गत डेढ बर्ष देखि संचालित कार्यक्रमको बारेमा समिक्षा गर्न स्थानीय संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा पी एन सी सीका साउदी संयोजक नारायण पासवान को सहजीकरणमा बैठक बसेको थियो । उक्त बैठकमा साउदी अरबमा कृयाशिल सामाजिक संस्थाहरु एन आर एन ए, नेपाली जन सम्पर्क समिति, नेपाली जन प्रगतिशील मन्च, प्रबासी नेपाली, अन्तरसन्स्था समन्वय समिति रियाद र सृजना सान्स्कृतिक समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।पि एन सि सि द्वारा प्रस्तुत कार्यप्रगतीको चित्रण र लक्ष्य, उदेश्यबारेमा बिस्तृत जानकारी पछि बैठकमा सहभागी संस्था प्रतिनिधिहरुले लिखित रूपमा आ-आफ्ना धारणा र प्रतिक्रिया लिखित रूपमा बुझाएका थिए ।

    सुझाव र प्रतिक्रिया दिने क्रममा सहभागी मध्येबाट एकजना प्रतिनिधि ले महेश कुमार ठाकुर को बारेमा कुरा उठाउनु भएको थियो ! चालक पेसामा 4 बर्ष पहिले साउदी अरब आएका महेश आएको १ महिनामै साहुको दबाबमा गाडी चलाउन बिवस भए र केही दिनमै उनि सवार ट्रेलर अगाडि सानो गाडी रोकिदिएपछी दुर्घटना भयो ।

    मानवीय क्षति नभए पनि गाडीको क्षतिपूर्ति वापत ८१५० रियाल जरिमाना तिर्ने फैसला भयो। साहुले त्यो जरिमानाकै कारण कम्पनीबाट निकाली दियो । महेशको भनाइ अनुसार नेपाली राजदूतावास पुगे सहयोग पाइन्छ भनेको सुनेर उनि त्यहा पुगे !

    तर कसैले नसुनेपछी हार खाएर भौतारिदै गर्दा बिल्डिङ्ग बनाउने ठाउँमा लेबर काम गर्न थाले यसै बिच डेढ महिना अगाडि काम गर्दागर्दै बेहोस भएर ढलेपछी उनलाई अस्पताल पुर्याइएको थियोे ।

    ब्रेन ह्याम्रेज भएको रहेछ । अस्पतालले अप्रेसन गरिदिएर अहिले डिस्चार्ज भएर बेवारिसे भई पुराना साथीहरूसङ्ग बसिरहेका भएपनी बाकी प्रक्रिया पुरा गरि घर फर्किन फोन सम्पर्कमा रुदै याचना गरे ।

    प्रवासी नेपाली समन्वय समिति द्वारा समस्यामा परि घर फर्किन नपाएका कामदारहरूको सम्बन्धमा सहजीकरण गरी दूतावास समक्ष कुरा पुर्याउँदै आइरहेको र महेशकुमारको बारेमा पनि पहल गरिने प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक नारायण पासवानले बताउनुभयो।

    Leave a Reply