
पर्सा-एक संसदीय क्षेत्र एक रोड कार्यक्रम अन्तर्गत निर्माण भएको सडकको शनिबार एक कार्यक्रमको बीच पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियाले उद्धघाटन गर्नुभएको छ । सांसद रौनियारको संसदीय कोषबाट १० करोडको लागतमा निर्माण भएको गर्दौल, महुवन,श्रीपूर ,पाँचगावा रोडको सांसद रौनियारले उद्घाटन गर्नु भएको हो ।
निर्माण सम्पन्न भएको सडकको लम्बाई ६ किलोरहेको छ । साथै सांसद रौनियाले प्रसौनी भाट्टादेखि गर्दौल सम्म निर्माण भएको सडकको स्थलगत निरिक्षण गर्नु भएको छ । यसैगरी गर्दौल देखि उत्तरमा रहेको साढेदुई बिघा जग्गा डुबानमा परेकोले त्यसको स्थायी रुपले समस्या समाधान गर्ने बच्न बद्धता समेत गर्नु भयो ।
सडक उद्घाटन र निरिक्षण कार्यक्रममा गौरी दादा श्रीलाल कानु , स्थानीय अछेलाल साह ,दिपेन्द्र पण्डित ,मुक्ति पटेल ,पूनिलाल साह ,सुमित साह ,भगवान गिरि लगायत दुई सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रसौनी भटा देखि गर्दौल सम्म निर्माण भएको सडकको स्थलगत निरिक्षण गर्दै संसद हरिनारायण रौनिया



डुबानमा परेकोले त्यसको स्थायी रुपले समस्या समाधान गर्ने बच्न बद्धता समेत सांसद रौनियारले गर्नु भयो।
Radio sanavi

