
बिरगंज १४असार,
आज मिती २०७८/०३/१४ गते सोमबार का दिन प्रदेश सभा सदस्य प्रहलाद गिरि,जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकांत पौडेल ,शसस्त्र प्रहरी का डीएसपी,जसपा पार्टी का सदस्य फरिंद्र चौहान लगायत का उपस्तिथिमा झौवा खेसराहा सुर्जाहाको निरीक्षण गर्नु भएको छ ।
लगातार बर्षाको कारणले गर्दा झौवा खेसराहा सुर्जाहामा पानीको बढाव बढे पछि स्थानीयहरुको घर तथा जनधनको छति भएको छ।

साथ साथै सबै घरहरु डुबान समेत परेको छ। पानी को निकास न भएको कारणले गर्दा स्थानीयहरु मार्कामा परेका छन ।
पानीको निकास कसरी हुन्छ ,सहज गर्नको लागी, प्रदेश सभा सदस्य प्रहलाद गिरि,जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकांत पौडेल ,शसस्त्र प्रहरीका डीएसपी,जसपाका सदस्य फरिंद्र चौहान समेत अवलोकन गर्नु भएको छ।
बर्षाले गर्दा केहि ठाउहरुमा आम नागरिकहरुले आफनो ज्यान समेत गुमाएका छन। साथ साथै जनधनको छति पनि भएको सो मध्य नजर गर्दै,झौवा खेसराहा सुर्जाहाको अवलोकन गर्नु भएको छ।
उहाँहरुले पानी को निकास कसरी हुन्छ । सहज गर्न हामी त्यो प्रकिया अगाडि बढ़ाउनछौ। उहाँले बताउनु भयो । छिटो भन्दा छिटो आम नागरिकको ज्यान तथा जनधन कसरी जोगीयोस भने हामी तपाईहरुको सधै साथ रहने छौ अस्वासन समेत दिनु भएको छन।


