
उमेश कुशवाहा,बीरगंज असार १६
केहि दिन देखि लगतार भईरकेको अबीर बर्षाले पर्सा लगायत केहि जिल्लाको स्थानीयहरुको जनजीवन प्रभावित भएको छ।
पर्साको जिराभवानी गाउपालिका वडा न १ पिपरा टोलमा राती अबिरल वर्षाको कारण लाटेगांडॉ खोलामा आएको बॉढ़ीको पानीले गाउँ नै डुबानमा परेकोछ ।
स्थानीय शंकर दास,किशुन महतो,जंगाली रॉय, खिचड़ी महतो,शिवशंकर दास लगायत १६ जनाको घरमा पानी पसी डुबानमा परेको छ ।
स्थानीय राजकुमार दास, ब्रहमदेव
दास, सनोज दास र महेन्द्र शर्मा, ४ जना परिवारको घर भतकेर बस्ने लायक नभएको अवस्थामा स्थानीय इलाका प्रहरी कार्यालय सेड़वा तथा शस्त्रप्रहरी बोर्डर आउट पोस्ट महादेवट्टीको प्रमुख शस्त्र प्र.नि केदार राईले स्थानीय स्रोत साधन ट्रेक्टरमा मालसामान लोड ग़री शुरक्षित स्थानमा सारिएको छ ।
तत्काल गाऊँपालिकाको सहयोगमा खानेकुराहारु भुजा चिउरा बिस्कुट चाउचाउ बितरण गरिएको छ। स्थानीय बासीहरु अहिले पनि सहयोगको पर्खाईमा बसी रहेको समाजिक अभियन्ता प्रकाश थारूले हिमालयन दृस्टिलाई जनकारी दिनु भएकोछन।

