
बारा , कलैया , जेष्ठ ०९ गते आइतबार ।
बारा प्रहरीको सफलता , ६ दिनभित्र नै हत्यारा पक्राउ गरेर बारा प्रहरीले आफ्नो कुशलता प्रदर्शन गरेको छ । कस्तो निर्दयी व्यक्ति होला जसले यी अबोध नाबालकको हत्या गर्न सकेको होला । बाराको कलैयामा दुई नावालक दाजु भाईको हत्यामा संलग्न रहेको अारोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय फरमुल्लाह अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारी जेठ ४ गते भाइको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका थिए । सोही वडामा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको थियो ।
मृतकका आमासंगको अन्सारीको प्रेम हत्याको कारण रहेको प्रहरी जनाएको छ । प्रेम संगै आर्थिक लेनदेनका कारण नावालक दाजुभाई हत्या भएको प्रहरीले जनाएको छ । यस पटकको इदमा बैदेशीक रोजगारीमा गएका बुवा आएपछि बुवालाई सबै कुरा भनिदिन्छौ भनेर मृतक दाजु भाइले भनेकोले पनि उनीहरुको हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
अन्सारीले मृतकको आमालाई छोरी सहित भागेर जाउ भने तर छोरा छोडेर नजाने ति महिलाको अडानका कारण आरोपीले बालकहरुलाइृ आफनो बाटोबाट हटाउन पनि हत्या गरेको प्रहरीले जनाएको छ । बिदेश बाट पति कमाएर पठाएको पैसा आरोपीले सर सापटका नाममा चलाएको र त्यो भूक्तानी गर्न नचाहेर पनि हत्या सम्मको बारादात गरेको देखिएको प्रहरीले जनाएको छ ।


