
२१ मे शुक्रबारका दिन प्रबासी नेपाली समन्वय समितिको आयोजनामा पुर्बी क्षेत्रको खोबरमा लामो समय देखी रोजगारी गुमाएका नेपाली कामदारहरुको गुनासो सुन्ने र उनीहरुको समस्या कुटनैतिक पहलका लागि दूतावासमा पुर्याउने गरि सबैको लिखित बिवरण संकलन गरेको छ ।
१५ जना भौतिक रूपमा उपस्थित भएर आ आफ्नो गुनासो राख्नुका साथै आफुसङ्ग भएको डकुमेन्टहरुको प्रतिलिपी बहिरर्गमन भिसाका लागि दूतावास समक्ष पुर्याइदिनु अनुरोध गरेका छन ।
ती मध्ये केही चालक पेशामा आएका उनीहरुको लाइसेन्स नबनेको, करारमा उल्लेख गरिएको तलब नदिइएको र म्यानपावरमा कुरा गर्दा ‘कतै उजुरी नगर्नु केही गर्छु’ भनेर लामो समय देखि झुठो आश्वासन मात्रै दिइरहेको गुनासो राखेका थिए ।

अब उनिहरुले समन्धित निकायमा न्याय र क्षतिपूर्तिको लागि आबेदन दिने पनि बताए । पीडितहरु दूतावास समक्ष पुग्न कठिनाइ भैरहेको परिपेक्ष्यमा पि.एन.सि.सि का बाह्य सम्पर्क संयोजक नारायण पासवान यसरी ठाउँ ठाउँमा पुगेर सहजीकरणलाई निरंतरता दिइरह्नुभएको छ । यो सङ्गै अहिलेसम्म १० वटा हेल्प डेस्क भैसकिएको छ ।

