सऊदी अरबको पुर्बी क्षेत्रमा क्रियासिल सबै संघसंस्थाका प्रतिनिधी संग पी.एन.सी.सी द्वारा अन्तरक्रिया सम्पन्न !

  • ७ जेष्ठ २०७८, शुक्रबार १७:५२ मा प्रकाशित
  • सऊदी अरबको पुर्बी क्षेत्रमा क्रियासिल सबै संघसंस्थाका प्रतिनिधी संग प्रवासी नेपाली समन्वय समिति पी.एन.सी.सीले अप्रबासी नेपालीहरुको स्वास्थ सम्बन्धमा गरिएको अनुसन्धानको बारेमा जानकारी दिने गरि खोबर स्थित क्लासिक रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न गरेको छ !
    कार्यक्रममा बोल्दै संस्थाका सऊदी अरब संयोजक नारायण पासवानले बितेका दिनहरूमा जनचेतनाको कमीका कारणले नेपालीहरु प्रवासमा दुःख कष्ट झेल्दै आइरहेका घटनाहरुमा वृद्धि देखिएकाले सबै संघ-संस्थाका बुद्धिजीवीहरु मार्फत सबै नेपाली दाजु भाई हरुमा सचेतनाको ग्राफ लाइ बढावा दिनुपर्नेमा जोडदिनुभयो ।

    त्यसैगरी कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ मध्यपूर्वका उप संयोजक राजेन्द्र अर्यालले गैरआवासीय नेपाली संघ को पहलमा नेपाल सरकारलाई ५६० वटा मेडिकल अक्सिजन सिलिन्डर उपलव्ध गराईएको र यसमा प्रवासमा रही आफ्नो देशको लागि ‌सहयोग पुर्याउनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो र साथै प्रवासी नेपाली समन्वय समिति द्वारा नेपालीहरुमा सचेतना फैलाउने र सहयोग गर्ने कार्यको पनि सराहना गर्नुभयो।

    साथै गैरआवसीय नेपाली संघ साउदी अरबका अध्यक्ष तेज थापाले पनि संस्थाद्वारा प्रवासमा नेपालीहरुमा देखिएका समस्याबारे सहयोग र सुझाव दिँदै आइरहेको र आउदा दिनहरुमा पनि संस्थाले यसबारे पहल गर्ने बताउनुभयो।

    यस कार्यक्रममा समाजसेवी र विभिन्न संघसंस्थामा आबद्ध वरिष्ठ व्यक्तित्वहरू जेन लामा, राजु सैयद, लगायत २५ जनाको उपस्थिति रहेको थियो।

    Leave a Reply