लुम्बिनीमा एमालेका तीन सांसदले दिए पदबाट राजीनामा

  • १९ बैशाख २०७८, आईतवार १६:०६ मा प्रकाशित
  • लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।

    उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्।

    कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्।

    आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले सेतोपाटीलाई बताए।

    copied:setopati

    Leave a Reply