प्रबासी नेपाली समन्वय समिति द्वारा हेल्पडेस्क सप्पन्न ।

  • १८ बैशाख २०७८, शनिबार २३:१० मा प्रकाशित
  • आप्रवासी नेपाली कामदारहरु कार्यरत रहेको स्थानमा गई उनीहरुको अबस्थाको जानकारी लिने र आबस्यकिय सहयोग र सहजीकरण गर्ने क्रममा साउदी अरबको दुर्गम स्थानमा रहेको प्रख्यात कृषि फार्म नाडेकमा कार्यरत नेपाली कामदारहरुसङ्ग भेटघाट गरि समस्याको बारेमा जानकारी लिइएको छ ।
    प्रबासी नेपाली समन्वय समिति साउदी अरबका बाह्य सम्पर्क संयोजक नारायण पासवानले उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरुको विशेष अनुरोधमा उक्त कम्पनीमा गई उनीहरूको समस्याको बारेमा जानकारी लिनुभएको छ! जानकारी लिने क्रममा त्यहाँ अवस्थित नेपाली कामदारहरुमा धेरै जनाले कम्पनी छोडेर सप्लायरको माध्यम बाट त्यहाँ काम गर्दै आइरहेको र।उक्त क्याम्पमा छिरेपछि बाहिर निस्कन नपाउने भएकाले आफुहरुले जस्तोसुकै दुख पिडा भए पनि सहदै आउनुपरेको गुनासो पोखे। त्यहाँ अवस्थित नेपालीहरुले जनाएअनुसार क्याम्पभित्र छिरे पछि सम्पर्कविहीन हुनुपर्ने, बिरामी हुँदा उपचार नहुने, आफ्नो कन्ट्याक्ट सकिँदा पनि घर जान नपाइने जस्ता यावत् कुराहरूको समस्या बाट आफूहरु गुज्रिनु परेको जानकारी गराए ।
    यहाँ अवस्थित नेपालीहरूको समस्या को बारेमा जानकारी लिइसकेपछि प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक नारायण पासवानले संस्थाको तर्फबाट वहाँहरुलाई हुने सहयोग र समन्वय गर्ने बताउनुभयो।

    Leave a Reply