सनिवार १५मे सम्ममा ५५० वटा सिलिण्डर नेपाल पुग्नेछ : एन.आर.एन.ए मध्य-पुर्ब उप-संयोजक राजेन्द्र अर्याल !

  • १ जेष्ठ २०७८, शनिबार ०१:५५ मा प्रकाशित
  • कोरोना संक्रमणको दोस्रो लहरले नेपालमा हाहाकार मच्चाइरहेका बेला गैरआवासीय नेपाली संघ मध्यपुर्बद्वारा ६०० सिलिन्डर मेडिकल अक्सिजन उपलब्ध गराउने घोषणा गरेसँगै नेपालीका लागि नेपाली भन्ने नारा अहिले सार्थक देखिएको छ । यही सेरोफेरोमा रही आज हामीले गैरआवासीय नेपाली संघ मध्यपूर्वका उप-संयोजक श्री राजेन्द्र अर्याल सँग भलाकुसारी गर्ने मौका पाएका थियौ ।


    गैर आवसीय नेपाली संघ जहिले पनि नेपालमा आपत्ति आइपरेका बेला आफ्नो बुताले भ्याएसम्मको सहयोग पुर्याउँदै आएको जगजाहेरै छ ! तर यस सन्दर्भमा मध्यपूर्वमा रहेका गैरआवासी नेपालीको पहलकदमी द्वारानै ६०० सिलिन्डर मेडिकल अक्सिजन उपलब्ध गराउने घोषणा चारैतर्फ वाहवाही भएको छ। यस सन्दर्भमा हामीले उप संयोजक श्री राजेन्द्र अर्याललाई सोधेका थियौं ।
    प्रश्न १. एती ठूलो परिमाणमा तपाईंहरुले घोषणा गर्नुभएको६०० सिलिन्डर मेडिकल अक्सिजन समयमा नै नेपाल पुर्याउन के-कति तयारी भएका छन् वा भइरहेका छन् र यो सहयोग कहिलेसम्म नेपाल पुगिसक्ने छ?
    सर्वप्रथमत: यस गैर आवासीय नेपाली संघको गतिविधिहरू बारे कुरा राख्ने मौका दिनु भएकोमा हिमालयन दृष्टि टिमलाई धन्यवाद । पछिल्लो पटक नेपालमा देखिएको डबल म्युटनको कोरोना भाईरसको महामारी भनौँ या दोस्रो लहरले नेपाली जनमानसको स्वास्थ्यमा निम्तिएको भयावह त सर्वविदित नै छ। त्यसै माथी नेपालमा अक्सिजन प्लान्टहरू भएर पनि पर्याप्त सिलिण्डर उपलब्ध नभएकै कारण अस्पतालहरूमा पर्याप्त अक्सिजन नपुगेको जानकारीहरू प्राप्त भईरहेको छ। जसको कारण कयौँ अस्पतालहरूले विज्ञप्ति नै जारी गरी अक्सिजन अभावका कारण नयाँ कोरोना संक्रमित बिरामीको भर्ना नलिने त कयौँले बिरामाको आफन्त संग अनुचित मंजुरीनामामा दस्तखत गरी बिरामीको उपचार भई रहेको छ ।

    यसतो विकराल अवस्थामा नेपाली नागरिक हुनुको नाता र मानव हुनुको नाताले पनि मानवीय सहयोग गर्नु हाम्रो धर्म र दायित्व हो। त्यसैले पनि गैर आवासीय नेपाली संघको अग्रसरतामा मध्यपूर्वमा क्रियाशील विभिन्न सामाजिक संघ संस्था र कार्यरत नेपाली दाजु भाई दिदीबहिनीहरूको सहयोगमा कम्तिमा अक्सिजनकै अभावमा नेपाली नागरिकको जिवन लिला समाप्त नहोस भन्ने उद्देश्यले ६०० वटा मेडिकल अक्सिजन र सोही मात्रामा रेगुलेटर नेपाल पठाउने घोषणा गरे पनि १५ मेईका दिन ५५० वटा सिलिण्डर नेपाल पुग्नेछ भने उपलब्धतालाई मध्यनजर राखी थप सिलिण्डर र मेडिकल स्वास्थ्य सामाग्री नेपाल पठाउने तयारीमा जुटिरका छौँ।

    प्रश्न २. सहयोग नेपाल सरकारलाई हस्तान्तरण गर्ने विधि के र कस्तो खालको हुनेछ र यसबीचमा मध्यपूर्वका सरकारहरु द्वारा तपाईहरुलाई के-कस्तो कानूनी सहयोगको आश्वासन रहेको छ।?


    मध्यपूर्वमा हामी कार्यरत र क्रियाशील रहे तापनि यहाँको नियम कानुनलाई मान्दै अनुशासित हुनु पर्ने हुन्छ, त्यसोत: यहाँको सरकार संग नेपाली नियोगहरूको अलावा हामीले कुनै पनि कुटनितिक सम्बन्ध राख्न असमर्थ छौँ। जसकारण यहाँको सरकारको आश्वासन र सहयोगको प्रतिवद्धताहरू हामी संग भन्दा पनि कुटनितिक नियोगहरू संग गर्ने गर्दछन्।
    हामीले मध्यपूर्व बाट पठाउने संपूर्ण मेडिकल अक्सिजन सिलिण्डरहरू नेपाल सरकारलाई हस्तान्तरण गर्ने छौँ र आवश्यकताको आधारमा अधिराज्य भरीको विभिन्न स्वास्थ्य केन्द्रहरूमा वितरण गरिने छ।

    प्रश्न ३. बितेका वर्षहरुमा नेपाललाई सहयोग गर्ने नाममा उठेको रकम पारदर्शिता भएन भन्ने गुनासाहरु पनि सुनिएका थिए यसबीच हजुरहरुले यो सहयोग विवाद रहित हवस भन्ने हेतु के-कस्ता उपायहरू अवलम्बन गर्नुभएको छ?

    प्रश्नको लागी धन्यवाद! यहाँले भने जस्तै विगतमा विशेषत: साउदी एनआरएनएले उठाएको सहयोग रकममा हिनामिना गरिएको भन्ने आरोपहरू सत्य थिएनन् यद्यपि ति आरोपहरू प्रति हाम्रो संस्था कृतज्ञता व्यक्त गर्दछौँ। किनकी त्यही आरोपहरूका कारण हामीले हाम्रो सम्पूर्ण कारोबारहरू पारदर्शी रहेको कुरा पुनर्पूष्टी गर्ने मौका पाएका थियो जुन कुरा जगजाहेर छ।

    यस पटक पनि हामी खाडीमा पसिना बगाएर कमाएको रकम बाट आफ्नो परिवारको छाक काटेर गरिएको नेपाली श्रमिक दाजु भाई दिदीबहिनीरूको सहयोगको रकम हिनामिना हुने छैन, हामी विशेष गरी आर्थिक पाटोमा सजग र सचेत छौँ भन्दै सबैलाई विश्वस्त हुन पनि यहाको लोकप्रिय मिडिया मार्फत अनुरोध गर्दछु। हाम्रो सम्पूर्ण कारोबारका विवरणहरू हाम्रो वेबसाइटमा राखेका छौ र नया पनि राखिनेछ विभिन्न सामाजिक संजाल तथा संचार माध्यम बाट सार्वजनिक गर्ने गरेकाछौँ। अन्त्यमा अहिलेको यस विसम परिस्थितीलाई मध्यनजर गर्दै सावधानि अपनाऔ,कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऊ

    Leave a Reply