राजीनामा दिन भन्दै सिंहदबारमा भेला हुन थाले नेपाल समूहका सांसद

  • २७ बैशाख २०७८, सोमबार ११:०९ मा प्रकाशित
  • राजीनामा दिन भन्दै सिंहदबारमा भेला हुन थाले नेपाल समूहका सांसद
    काठमाडौं। एमाले वरिष्ठ माधव नेपाल समूहले विहान नौ बजेसम्म दिएको समयमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले कुनै रस्पोन्स नगेपछि नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन्। राजीनामा दिन भन्दै नेपाल समूहका सांसद अहिले सिंहदरबारमा भेला हुन थालेका छन्।
    नेपाल समूहले पार्टीलाई एकतावद्ध बनाउन ६ बुँदे प्रस्तावसहित आज विहान नौ बजेसम्मको समयसीमा दिएको थियो। तर सो समयसीमाभित्र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि राजीनामा दिन लागिएको नेपाल निकट सांसद मेटमणि चौधरीले जानकारी दिए।
    ‘अब पार्टी एकताको संभावना टर्यो,’ चौधरीले भने, ‘हामी सबै सांसद सिंहदरबारमा भेला हुँदैछौ। अब केही बेरमा राजीनामा दिने तय भएको छ।’   नेपाल समूहले पार्टीलाई २०७५ जेठ दुई गतेको अवस्थामा फर्काउनु पर्ने र फागुन २८ गतेको निर्णय फिर्ता लिनुपर्ने अडान राखेको थियो। त्यसका लागि संस्थापन पक्षले कुनै पहल नगरेपछि राजीनामा दिन लागिएको चौधरीले जनाए।
    नेपाल निकट स्रोतका अनुसार प्रत्यक्षतर्फका १९ जना सांसदले राजीनामा दिने तय भएपनि समानुपातिकतर्फका कतिजनाले राजीनमा दिँदैछन् भन्ने टुंगो लागेको छैन। त्यसका लागि केहीबेरमा सिंहदरबार नेपाल समूहको बैठक बस्दैछ।

    Leave a Reply