द हन्ड्रेड (१००) ग्रुप नामक संस्थाद्वारा निःशुल्क खाना बितरण।

  • २९ बैशाख २०७८, बुधबार ११:४२ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा । द हन्ड्रेड (१००) ग्रुप नामक संस्थाको संस्थापक बब्लु गुप्ताको नेतृत्वमा खाना वितरण गरिएको छ।

    द हन्ड्रेड (१००) ग्रुप नामक संस्थाले पर्सा जिल्लामा १६ गते देखी दोस्रो पटकको कोरोना लहरले गर्दा लागेको निषेधाज्ञाको कारणले भोकै पेट बस्नु परेका गरिब , मजदुर , दलित , विपन्नहरुलाई साँझको बेलामा बीरगंजको विभिन्न स्थानमा ७५ जनालाई नि:शुल्क भोजन वितरण गरेको छ ।

    कोरोना भाईरस बाट बच्नको लागि नेपालको धेरै जस्तो ठाउँमा निषेधज्ञया लागेको छ ।

    कोरोना भाईरस बाट बच्नको लागि निषेधज्ञया भएकोले नेपाल भरी कामकाज बन्द बन्द रहेको छ।

    निषेधज्ञयाको कारणले गरिब , मजदुर , दलित , विपन्नहरु अति नै प्रभावित रहेकोे छन । दैनिक मजदुरी गरि खाने लाई धेरै समस्या रहेकोे छ।

    यसलाई मध्यनज़र गरी द हन्ड्रेड (१००) ग्रुप नामक संस्थाले भोजन बितरण गरेको संस्थाका अध्यक्ष बिनय गिरी बताए।

    निषेधाज्ञाका कारण दैनिक ज्यालादारी र मजदुरी गरेर आफ्नो छाक टार्ने समस्यामा परेकाहरुलाई बिभिन्न संघ संस्था,सहयोग गर्न हातहरु लगातार अगाडी बढ़ीरहेको हेर्न पाइएको छ ।

    खाना वितरण गर्न गएको टोलीमा जिल्ला अध्यक्ष विनय गिरि,आशिष गुप्ता,रोहित कुमार,राहुल पटेल, विशेष कुमार,आयुष बर्णवाल, अन्केश पाण्डे, अनिल गिरि,आदित्य ठाकुरलगायतको सहभागिता रहेको आकाश भगत मालीले जनकारी गराउनु दिनु भयो।

    Leave a Reply