एमाले विवाद : नेपाल समूहका सांसद जयकुमार राईले राजीनामा नदिने

  • २९ बैशाख २०७८, बुधबार १९:४४ मा प्रकाशित
  • पार्टी विभाजन हुन्छ भने म राजीनामा दिन्न’
    काठमाडौं : नेकपा (एमाले) माधव नेपाल पक्षीय सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले पार्टी विभाजन हुने भए आफूले राजीनामा नदिने बताएका छन्। उनले आफू पार्टी एकताको पक्ष भएको बताउँदै भने, ‘राजीनामाले पार्टी विभाजन हुन्छ भने म त्यो पक्षमा छैन।’

    उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्र्ने बताउँदै पार्टी एकताको पहल र प्रयत्न भइरहेको बताए। ‘अहिले यो देशको हितमा छैन, पार्टी लाखौं कार्यकर्ताको हितमा पनि छैन, लाखौँ कार्यकर्ताले पार्टी एकताका पक्षमा छन्’, सांसद राईले भने, ‘अहिले कोरानाको महामारीमा सबै एकजुट भएर यसको सामाना गर्नु पर्ने हो। तर, हाम्रा नेता झगडामा लागेको छन्।’

    Leave a Reply