असममा एकै ठाउँमा मृत फेला परे १८ हात्ती

  • ३१ बैशाख २०७८, शुक्रबार ०८:१७ मा प्रकाशित
  • उत्तरपूर्वी भारतीय राज्य असमको  जंगलमा एकै ठाउँमा १८ वटा हात्ती मृत फेला परेका छन्।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार हात्ती मृत फेला परेका हुन्। वन अधिकारीहरूले १४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको बताएका छन्।

    बुधबार राति परेको चट्याङका कारण यति ठूलो संख्यामा हात्ती मरेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपी हात्ती मर्नुको एकिन कारण खुलिसकेको छैन। अधिकारीहरूले पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने बताएका छन्।

    मृत हात्तीको शुक्रबार पोस्टमार्टम हुँदैछ।

    असमका मुख्यमन्त्री हिमान्ता विश्व शर्माले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै घटनाको छानबिन गरी आफूलाई प्रतिवेदन बुझाउन भनेका छन्।  

    copied:setopati

    Leave a Reply