सीमा खोल्ने योजना बनाउँदै अष्ट्रेलिया

  • ३ बैशाख २०७८, शुक्रबार १५:४७ मा प्रकाशित
  • ३ वैशाख, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री इस्कट मोरिसनले कोरोना भाइरस (कोभिड–१९) को खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने योजनामा छलफल भइरहेको बताएका छन् ।
    मोरिसनले बिहीबार सबैभन्दा पहिला खोप लगाइसकेका आफ्ना नागरिकलाई विदेश भ्रमणमा जाने अनुमति
    कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण अष्ट्रेलियाका नागरिक र पीआर भएका मानिसले कुनै विशेष कारण बिना मुलुक छाड्न पाएका छैनन् । बाहिरबाट आएका मानिस भने आफ्नै खर्चमा होटलमा दुई साता अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ ।
    प्रधानमन्त्री मोरिसनले कुनै विशेष उद्देश्यका साथ अर्को मुलुकमा जाने मानिसलाई सबैभन्दा पहिला विदेश भ्रमणमा जान दिइने बताए । उक्त योजना अनुसार व्यापारिक तथा व्यक्तिगत समस्या भएका मानिस बाहिर जान पाउनेछन् तर उनीहरु अस्ट्रेलिया फर्केपछि आफ्नै घरमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।
    मोरिसनले सीमा थप खुकुलो पार्ने निर्णय भने जोखिममा रहेका मानिसले पूर्णरुपमा खोप नपाएसम्म नहुने बताए । सन् २०२० को मार्चयता अष्ट्रेलियाले अन्य मुलुकबाट आउने मानिसका लागि सीमा बन्द गर्दै आएको छ ।
    अष्ट्रेलियाले आफ्नो सीमा कति खुकुलो बनाउने भन्ने कुरा अष्ट्रेलियामा चलिरहेको कोरोना खोप कार्यक्रमको गतिले निर्धारण गर्ने जानकारहरुले बताएका छन् । बुधबारसम्ममा अष्ट्रेलियामा १३ लाख ६० हजार डोज कोरोना खोप दिइएको छ ।

    Leave a Reply