रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा

  • २४ चैत्र २०७७, मंगलवार ०९:२४ मा प्रकाशित
  • बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।

    सोमबार राति भएको खेलमा रियल भालडोलिडलाई १-० गोलले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो।

    बार्सिलोनाको जितमा डेम्बेलेले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए।

    अराउजोले उपलब्ध गराएको पासमा डेम्बेलले ९० मिनेटमा गोल गर्दा बार्सिलोनाले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

    खेलको ७९ मिनेटमा भालडोलिड १० खेलाडीमा सीमित बनेको थियो। ओस्कार प्लानोले डेम्बेलेमाथि डरलाग्दो फल गरेपछि उनलाई रातो कार्ड दिइएको थियो। 

    जितपछि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले २९ खेलबाट ६५ अंक जोडेको छ।

    शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको १ अंक बढी ६६ अंक छ। ६३ अंक जोडेको रियल म्याड्रिड तेस्रो स्थानमा झरेको छ।

    copied:setopati

    Leave a Reply