एएफसी कप २०२१ प्रारम्भिक चरण : श्रीलंका पुलिसलाई ५-१ ले हराउँदै त्रिभुवन आर्मी दोस्रो चरणमा

  • २५ चैत्र २०७७, बुधबार १९:५२ मा प्रकाशित
  • एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लबले  श्रीलंका पुलिस एससीलाई पराजित गरेको छ।

    बुधबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले ५-१ गोल गर्दै विजय हासिल गरेको हो। आर्मीको तर्फबाट सन्तोष तामाङ, नवयुग श्रेष्ठ, टंक बस्नेत, सुदिल राईले गोल गरेका हुन्।  

    श्रीलंकालाई पराजित गरेसँगै अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरुसँग खेल्नेछ। सो खेल भने भारतमा हुनेछ।

    दोस्रो चरणमा पनि जित हात परे आर्मीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछ। प्लेअफमा दोस्रो चरणमा जित हात पार्ने दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।

    प्लेअफमा जित हात पर्ने टिम समूह चरणमा प्रवेश गर्नेछ।

    दक्षिण एसियाको समूह डीमा भारतको एट्लेटिको मोहन बगान, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन्। समूहका लागि चौथो टिम प्लेअफबाट छनोट हुनेछ।

    दक्षिण एसियाको समूहको खेल माल्दिभ्सको मालेमा आयोजना हुनेछ। 

    copied:setopati

    Leave a Reply