कुन बैंकको सेयर किन्ने? निर्णय गर्नुअघि जान्नुस् पछिल्लो वित्तीय स्थिति

  • १७ बैशाख २०७८, शुक्रबार १६:०६ मा प्रकाशित
  • सेयर लगानी गर्नुअघि कम्पनीहरुको वित्तीय विवरण बुझ्नु अपरिहार्य हुन्छ। महत्वपूर्ण वित्तीय सूचकका आधारमा मात्रै सेयरमा लगानी थप्ने, पर्खने वा झिक्ने भन्नेबारे निर्णय गरिन्छ। 

    वित्तीय विवरण राम्ररी बुझेर मात्रै लगानी गर्नुपर्ने अनुभवी लगानीकर्ताको सुझाव छ। हाल सबै वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ। तेस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा १ वर्षकै विवरण अनुमान गर्न सकिन्छ। 

    कम्पनीले कति लाभांश दिन सक्छ ?  कम्पनीमा केकस्ता जोखिम बढेका छन् ? कम्पनीको बजार मूल्य कतातिर जान्छ लगायतका विषय बुझ्न लगानीकर्तालाई वित्तीय विवरणले नै मार्ग प्रदान गर्छ। 

    सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल लगानीअघि कम्पनीको बिजेनस स्थिति, प्रतिसेयर आम्दानी (इपिएस), मूल्य आम्दानी अनुपात (पिई रेसियो)जस्ता आधारभूत पक्ष केलाउनुपर्ने बताउँछन्। 

    अर्का लगानीकर्ता पिताम्बर शर्मा खरेल पनि अर्यालको भनाइमा सहमत छन्। ‘मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका बैंक नयाँ लगानीकर्ताका लागि उपयुक्त हुन्छन्। तर बैंकको बिजनेस पनि औसतभन्दा माथि बढेको राम्रो हुन्छ,’ उनले भने। 

    हेर्नस् बढ्दो बिजनेसः बिजनेस बढाउँदै लगेका कम्पनीको नाफा बढ्दै जाने संभावना हुन्छ। नाफाले नै अरु सूचकलाई पनि प्रभाव पार्ने भएकाले बिजनेस बढाउँदै लगेका कम्पनीहरु लगानीकर्ताले छनौट गर्नुपर्छ।

    बैंकहरुको हकमा मर्ज र एक्वीजिसनका कारण पनि कतिपयको बिजनेस वृद्धिदर राम्रो देखिन्छ। बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह हो। सबैजसो बैंकहरुको कर्जा प्रवाह बढेको छ। 

    बैंककर्जा  (चैत ०७७)कर्जा  (चैत ०७६)कर्जा वृदिदर
    एनआइसी एसिया२ खर्ब ५९ अर्ब१ खर्ब ७५ अर्ब४८
    ग्लोबल आइएमई२ खर्ब ३३ अर्ब२ खर्ब १ अर्ब१५
    नबिल१ खर्ब ९४ अर्ब१ खर्ब ५५ अर्ब२५
    राष्ट्रिय वाणिज्य१ खर्ब ७९ अर्ब१ खर्ब ५२ अर्ब१७
    इन्भेष्टमेन्ट१ खर्ब ६० अर्ब१ खर्ब ४३ अर्ब११
    सिद्धार्थ१ खर्ब ५८ अर्ब१ खर्ब २८ अर्ब२३
    एनएमबि१ खर्ब ५३ अर्ब१ खर्ब २० अर्ब२७
    कृषि विकास१ खर्ब ४६ अर्ब१ खर्ब २३ अर्ब१८
    प्रभु१ खर्ब ४२ अर्ब१ खर्ब २ अर्ब३९
    मेगा१ खर्ब ३७ अर्ब८२ अर्ब६७
    कुमारी१ खर्ब ३४ अर्ब९२ अर्ब४५
    प्राइम१ खर्ब ३३ अर्ब१ खर्ब १५ अर्ब१५
    नेपाल१ खर्ब ३३ अर्ब१ खर्ब ५ अर्ब२६
    एभरेष्ट१ खर्ब २७ अर्ब१ खर्ब २० अर्ब
    हिमालयन१ खर्ब २७ अर्ब१ खर्ब १० अर्ब१५
    सानिमा१ खर्ब १७ अर्ब९४ अर्ब२४
    माछापुच्छ्रे१ खर्ब १६ अर्ब९४ अर्ब२३
    सिटिजन्स१ खर्ब १२ अर्ब७६ अर्ब४७
    लक्ष्मी१ खर्ब ६ अर्ब९२ अर्ब१५
    नेपाल एसबिआई१ खर्ब २ अर्ब१ खर्ब
    बिओके९६ अर्ब८२ अर्ब१७
    सनराइज९५ अर्ब८२ अर्ब१५
    एनसिसी९२ अर्ब६८ अर्ब३५
    सिभिल८१ अर्ब५२ अर्ब५५
    सेन्चुरी७५ अर्ब६० अर्ब२५
    नेपाल बंगलादेश६९ अर्ब६१ अर्ब१३
    स्टान्डर्ड चार्टड६५ अर्ब६० अर्ब

    प्रतिसेयर आम्दानीः एक कित्ता सेयरबराबर कम्पनीले आर्जन गरेको आम्दानीलाई प्रतिसेयर आम्दानीले जनाउँछ।

    कतिपय कम्पनीको नाफा बढी देखिए पनि प्रतिसेयर आम्दानी कम हुन सक्छ। कम्पनीको जारी सेयर संख्याले प्रतिसेयर आम्दानीलाई असर पार्छ। तसर्थ नाफाभन्दा पनि प्रतिसेयर आम्दानी लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ। 

    प्रतिसेयर आम्दानीकै आधारमा आगामी दिनमा कम्पनीले कति लाभांश दिन सक्ला भन्ने अनुमान पनि गर्न सकिन्छ।

    बैंकप्रतिसेयर आम्दानी चैत ०७७प्रतिसेयर आम्दानी असार ०७७
    एनआइसी एसिया३४.८७३४.६८
    ग्लोबल आइएमई२२.०५१८.९९
    नबिल३६.६३४५.७४
    राष्ट्रिय वाणिज्य४७.४७४४.९६
    इन्भेष्टमेन्ट२३.४७२३.३८
    सिद्धार्थ२५. २८१६.४६
    एनएमबि२०.६४११.६७
    कृषि विकास२२. १९२१.८४
    प्रभु२४. ७९१९.८९
    मेगा१८.१९१८.८३
    कुमारी१७.३७१४.१३
    प्राइम२३.३६१९.३६
    नेपाल२३.८७२७.१३
    एभरेष्ट२२.६०३७.०३
    हिमालयन१६.०६३२.९६
    सानिमा२५.७३२४.७७
    माछापुच्छ्रे१९.०११७.१९
    सिटिजन्स१५. ५४७.९८
    लक्ष्मी१६.०६१४.८१
    नेपाल एसबिआई१२.३४२१.४१
    बिओके१६.१४१३.६३
    सनराइज१५.८८१३.९१
    एनसिसी१४.२३१५.०७
    सिभिल५.८१४.५०
    सेन्चुरी५.२९१४.५१
    नेपाल बंगलादेश२४.९७१६.१६
    स्टान्डर्ड चार्टड१८.४१३०

    मूल्य आम्दानी अनुपात (पिई रेसियो)- सेयरको बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर मूल्य आम्दानी अनुपात (पिई) रेसियो निकालिन्छ। पिई रेसियो जति कम हुन्छ, त्यति राम्रो मानिन्छ।

    यसलाई उदाहरणबाट बुझौं, वार्षिक १ रुपैयाँ लाभांशका लागि २० रुपैयाँ लगानी गर्ने कि २५ रुपैयाँ ? २० रुपैयाँ लगानी गरेर बाँकी ५ रुपैयाँ बचत गर्न वा अन्यन्त्र लगानीका लागि स्रोत जुटाउन सकिने भयो। यसैलाई पिइ रेसियोले जनाउँछ।  

    यस्तो अनुपात २० भन्दा कम राम्रो मानिन्छ। तर अन्य सूचक अझै राम्रो भएको खण्डमा २० भन्दा केही माथि हुँदा पनि रोजाइमा पर्न सक्छन्। 

    बैंकबजार मूल्यमूल्य आम्दानी अनुपात
    एनआइसी एसिया८९७२५.८
    ग्लोबल आइएमई४२७१९.३
    नबिल१२७०३४.६
    राष्ट्रिय वाणिज्य  
    इन्भेष्टमेन्ट४४७१९.०
    सिद्धार्थ४२११६.६
    एनएमबि४१४२०
    कृषि विकास४१९१८.८
    प्रभु४३३१७.४
    मेगा३०३१६.६
    कुमारी३१४१८
    प्राइम४२९१८.३
    नेपाल४१७१७.४
    एभरेष्ट७२९३२.२
    हिमालयन४९२३०.६
    सानिमा३९४१५.३
    माछापुच्छ्रे३०५१६
    सिटिजन्स३०९१९.८
    लक्ष्मी२९३१८.२
    नेपाल एसबिआई३९७३२.१
    बिओके३०३१८.७
    सनराइज३०२१९
    एनसिसी३५२२४.७
    सिभिल२२९३९
    सेन्चुरी२३३४४
    नेपाल बंगलादेश३७९१५.१
    स्टान्डर्ड चार्टड५८०३१.५

    निष्क्रिय कर्जाः  निष्क्रिय कर्जाले बैंकको सुशासनलाई पनि जनाउँछ। बैंकले प्रवाह गरेको कुल कर्जामा नियमित रुपमा उठ्न नसकेको साँवा तथा ब्याजको हिस्सालाई निष्क्रिय कर्जाले जनाउँछ।

    निष्क्रिय कर्जा धेरै हुनु भनेको बैंकले दिएको धेरै ऋण उठाउन नसक्नु हो। नउठ्ने यस्तो ऋण बढ्दै जाँदा प्रोभिजनवापत धेरै रकम छुट्याउनुपर्छ, जसले आगामी दिनमा नाफा खुम्चिन सक्छ। तसर्थ निष्क्रिय कर्जा घटाउँदै लगेका बैंकहरु छनौटका लागि राम्रा मानिन्छ। 

    बैंकनिष्क्रिय कर्जा चैत ०७७निष्क्रिय कर्जा असार ०७७
    एनआइसी एसिया०.४७०.७५
    ग्लोबल आइएमई१.६११.१४
    नबिल०.४८०.६३
    राष्ट्रिय वाणिज्य३.६२४.६४
    इन्भेष्टमेन्ट२.३२२.६७
    सिद्धार्थ०.८८२.२४
    एनएमबि१.९७२.४८
    कृषि विकास३.०८३.६५
    प्रभु१.४८२.९५
    मेगा१.३११.३२
    कुमारी१.०९०.९८
    प्राइम०.८६०.९७
    नेपाल२.२९२.६४
    एभरेष्ट०.१२०.२०
    हिमालयन०.८११.११
    सानिमा०.२१०.३६
    माछापुच्छ्रे०.५१०.४५
    सिटिजन्स१.८३०.९७
    लक्ष्मी०.७११.७८
    नेपाल एसबिआई०.२३०.१९
    बिओके१.०११.५३
    सनराइज१.९४१.३२
    एनसिसी२.०५२.७५
    सिभिल१.१३२.९६
    सेन्चुरी२.९६२.१९
    नेपाल बंगलादेश१.९१२.७६
    स्टान्डर्ड चार्टड०.५००.२२

    रिटर्न अन इक्वीटी (आरओई) : बैंकको कुल खुद कमाइबाट दायित्व चुक्ता गरी सेयरवापतको लगानीलाई दिन सक्ने औसत प्रतिफललाई आरओईले जनाउँछ। आरओई जति धेरै भयो उति राम्रो। 

    बैंकआरओई चैत ०७७आरओइ असार ०७७
    एनआइसी एसिया२३.२६२२.६४
    ग्लोबल आइएमई१६.६६१३.७९
    नबिल१७.९५१८.५६
    राष्ट्रिय वाणिज्य१८.५२२०.२५
    इन्भेष्टमेन्ट१३.८०१३.४८
    सिद्धार्थ१४.०२१५.४१
    एनएमबि१५.८२९.१२
    कृषि विकास९.७०१०.३२
    प्रभु१८.४६१४.०२
    मेगा१४.६६११.६८
    कुमारी१४.१९८.३१
    प्राइम१८.२०१४.६४
    नेपाल९.४६९.५०
    एभरेष्ट१०.३११९.२६
    हिमालयन१०.०५२०.२३
    सानिमा१९.७३१९.२७
    माछापुच्छ्रे१५.२०१४.९३
    सिटिजन्स१३.२२११.८०
    लक्ष्मी११.४७११.२८
    नेपाल एसबिआई८.१२१४.३७
    बिओके१०.५३८.६८
    सनराइज११.३११०.०१
    एनसिसी११.१६१२.९६
    सिभिल६.५९४.९०
    सेन्चुरी४.६४१२.६५
    नेपाल बंगलादेश१६.४७११.०८
    स्टान्डर्ड चार्टड१०.६३१८.०७

    सिसिडी रेसियोः यो सेयरधनीका लागि धेरै चासोको विषय हुनु नपर्ने भए पनि पछिल्ला दिनमा कतिपय बैंक थप ऋण दिन नसक्ने अवस्थामा छन्। सिसिडी रेसियोको अधिकतम सिमा ८५ प्रतिशत तोकिएको छ।

    यसको अर्थ बैंकले मुल पुँजी र निक्षेपबाट ८५ प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न सक्छ। सिसिडी रेसियो ८५ को सीमानजिक हुनु भनेको निक्षेप नआएमा थप ऋण दिन नसक्नु हो। तसर्थ सिसिडी रेसियोले बिजनेस बढाउन कुन बैंकसँग स्रोत छ भन्ने कुरालाई जनाउँछ। 

    बैंकसिसिडी रेसियो चैत ०७७सिसिडी असार ०७७
    एनआइसी एसिया८४.२१७८.१८
    ग्लोबल आइएमई७६.५४७९.६९
    नबिल८०.८०७८.८८
    राष्ट्रिय वाणिज्य६८.२३७०.०५
    इन्भेष्टमेन्ट७९.०५७५.३५
    सिद्धार्थ७८. ०१७८.७७
    एनएमबि८१.०९७६.१६
    कृषि विकास७९.९२७०.७७
    प्रभु७४.४२७३.७४
    मेगा८३.५४७७.४८
    कुमारी८१.२३७९.८०
    प्राइम८२.३१७६.५५
    नेपाल७५.५५७३.६५
    एभरेष्ट७०.०५७५.०५
    हिमालयन७८.९९७६.०८
    सानिमा८२.७९७८.६४
    माछापुच्छ्रे८०. ३९७७. ६५
    सिटिजन्स७८.१३७८.७८
    लक्ष्मी७८.५१७५.१३
    नेपाल एसबिआई७६.९८७५.६५
    बिओके८१.२२७७.५४
    सनराइज७८.६३७६.३७
    एनसिसी७७.६८७६.९६
    सिभिल८०.३७७.७
    सेन्चुरी७६.२५७७.८९
    नेपाल बंगलादेश७९.०५७५.३५
    स्टान्डर्ड चार्टड७४.६५७७.४७

    copied:setopati

    Leave a Reply