
उमेश कुशवाहा,बिरगंज । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनको ३८ वर्षीय अशोक रामको उपचारको लागि विदेशमा रहेकोे हेल्प मधेशी मलेसिया मलाका दलानले तीस हजार रुपैया आर्थिक सहयोग गरेको छ।
हेल्प मधेशी नेपालको सेवक इन्जिनियर राजेश यादव, अशोक रामको घरमा पुगेर आर्थिक सहयोग गर्नु भएको छ। सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवन गाउँको ३८ वर्षीय अशोक राम बिरामी परेर नेसनल मेडिकल कलेज बिरगंजमा उपचार भएको छ ।
पेट दुखने,दिसा नै नहुने समस्या रहेकोे थियोे । मेडिकलको डाक्टरको भनाई अनुसार आन्द्रा मुडिएको थियोे, अप्रेसन गर्नु पर्ने अवस्था रहेकोे थियोे तर औषधि उपचारले स्वास्थ अवस्था सुधार आएको छ।
रामको श्रीमती ३ वर्ष पहिलानै बित्नु भएको छ । २ छोरा र २ छोरी रहेको छन। चोरा १३ र १० बर्षको छन भने २ छोरी मध्ये १ जना १८ वर्ष छिन र जेठी छोरीको बिहे भएको छ।
सेबा नै धर्म हो मुलमन्त्र मान्दै ,सामाजिक उदेश्यहरु प्रती काम गरिदैआइरहेका देश तथा बिदेशमा अशाय निसाय,बिपन्न परिवारहरु,दलित ,बिरामी जस्ता समस्या ग्रसित अत्यन्तै पीडित नेपाली समुदाय हरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदैआईरहेका संस्था हेल्प मधेसी मलेसिया मलाका दलानले समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो संस्था प्रमुख भुमिका समाज कल्याण को हित कार्य गर्दै आएको छ।
हेल्प मधेशी नेपालको सेवक इन्जिनियर राजेश यादवले कसैलाई दुख परेको बेला हामी पछि नहटेको सक्दो सहयोग गर्दै आइरहेका छौ।

