जसपाको पदाधिकारी बैठक बस्दै

  • ३ चैत्र २०७७, मंगलवार १०:१६ मा प्रकाशित
  • ३ चैत, काठमाडौं । जसपाको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बोलाइएको छ।
    नेता अशोक राईका अनुसार बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ ।
    आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।
    पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।

    Leave a Reply