साउदी सरकार द्वारा अप्रवासी कामदारहरुको हकमा योग्यता परिक्षा पास अनिवार्य !

  • ८ चैत्र २०७७, आईतवार ००:०८ मा प्रकाशित

  • साउदीअरब सरकारद्वारा साउदी अरबमा रहि विभिन्न पेशामा कार्यरत अप्रवासी कामदार हरुले अनिवार्य रुपमा आफ्नो पेसा अनुरुप योग्यता परिक्षा पास गर्नु पर्ने अनिवार्य भएको छ !
    कामदारले आफु सम्बन्धित ओहोदा अनुरुप योग्य रहेको परिक्षा द्वारा प्रमाणित गर्नुपर्ने भएको छ यस किसिमको परीक्षा तीनपटकसम्म दिन सकिनेछ भने तेस्रोपटक पनि परीक्षामा योग्यता प्रमाणित गर्न नसकेमा सम्बन्धित कामदारले साउदी अरब छोड्नु पर्ने छ।
    परीक्षामा सफल हुने कामदार हरुलाई भने प्रमाणपत्र दिइनेछ जुन पाँच बर्षको लागि मान्य हुनेछ।

    प्रवासी श्रमिकहरूका लागि रोजगारी सीपको योग्यता परीक्षा पाँच भाषाहरूमा सञ्चालन गरिनेछ। भाषाहरू अरब, अंग्रेजी, हिन्दी, उर्दू, र फिलिपिनो हुने छन् ।

    करिब १७ लाख अप्रवासी साउदी अरबमा विभिन्न पेशामा रही दक्ष कामदारको रुपमा काम गर्दै आइरहेका छन भने यो नयाँ नियमले यस्ता खालका कामदार हरुलाई प्रभावित बनाउने अनुमान गरियको छ।

    Leave a Reply