उमेश कुशवाहा, बीरगंज।
राष्ट्रीय पत्रकार समाजको आज उदखाटन सामरोहन सम्पनन भएको छ।
संस्थाका अध्यक्ष नन्द किशोर गिरीको सभापतित्वमा पत्रकाररीता क्षेत्रमा स्वछता, निष्पक्षता ,स्पष्टता आजको आवश्यकता भन्ने कुरामा बढी जोड दिदै रास्ट्रिय पत्रकार समाजको उदघाटन समारोह सम्पन्न भएको छ।
नारायणि धारा पेपरका तथा बरिष्ट पत्रकार शेषमन पंडित यस संस्थाका उपाध्यक्ष रेडियो तराईको मुना ठाकुर, महिला उपाध्यक्ष तेतरी सहनी, सचिव आकाश साह,सह-सचिव हिमालयन दृस्टिका उमेश कुशवाहा, कोषाध्यक्ष रेडियो सानभिको अनूप यादव, सदस्यहरु नारायणी एफ एमको दीपेंद्र साह, विश्व सूचना नेटवर्कका अनिल बर्मा ,बिकाश पटेल,अनूप चौहान,शेषनाथ पटेल,गौरीशंकर लगायत सयौको सहभागिता रहेको थियो।
नेपालमा पहिलो पटक दलित बिपन्न समुदायका रामसुरत दास, तथा रीना देबी दासलाई क्रमश प्रमुख अतिथि तथा विशिष्ट अतिथिको रुपमा विशेष सम्मान गरिएकोले त्यहाँ उपास्थि सबैले यो संस्था कुनै पार्टीगत संस्था नभई एक बिशुद्ध स्वतंत्र पत्रकारको संस्था हो भनेर बिश्वास र खुशी ब्यक्त गरेका थिए। यसमा बोल्ने बक्ताहरु नेपालमा पत्रकार कम तर पत्रकारको खाल ओढेर पार्टी कार्यकर्ताहरु धेरै रहेकाले नेपालमा पत्रकारहरुको गरिमा घटदै गएको कुरामा बढी जोड दिएका थिए। भन्ने कार्यक्रमको सहजकर्ता रोशनी पटेल एवम ज्योति पटेलले गरेका थिए।


