
फाल्गुन ०४ ,बिरगंज
जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेल ले शिक्षा क्षेत्र को बिकास बिना नगर क्षेत्र बिकास हुने बुझ्नु नगरप्रमुख को मुर्खता भएको बताउनु भएको छ।
सरस्वती पुजा को अवसरमा बाल निकेतन मोडेल इङलिस बोर्डिङ स्कुल, बहुदर माई नगरपालिका-९ बिश्रामपुर द्वरा आज बिधालयमा आयोजित सान्स्कृतिक कार्यक्रम लाई सम्बोधन गर्दै नेता पटेल ले बहुदर माइ नगरपालिका को बिकास र यहाका जनता को समृधि का लागि यस नगर क्षेत्र भित्र रहेका सम्पुर्ण बिधालयहरु को अस्तर्नोक्ती,शिक्षा प्रणाली मा अहम परिवर्तन र आवस्यक शिक्षक को पुर्ती आवस्यक रहेको बताउनु भयो।
अभिभावक सचेत नभए सम्म समाज को परिवर्तन असम्भव भएकोले अभिभावक हरु लाई सकृय र बहुदर माइ नगरपालिका का नगर प्रमुख लाई शिक्षण संस्थान हरु प्रती संबेदनसिल हुन आग्रह गर्नु भयो।
बिधालय का प्रधानाध्यापक बिरेश यादव को अध्यक्षता मा आयोजित सो समारोहमा भङी साह माबि का प्रअ रबिभुशन राम, जसपा का जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यदाव, सन्चारकर्मी बलराम यादव लगायातका ले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। कार्यक्रम मा बिधालयमा अध्ययनरत बिद्यार्थी हरु ले विभिन्न भाषा को गितमा नृत्य, गायन र नाटक प्रश्तुत गरेका थिए।

