
पछिल्लो २४ घन्टामा मंगलबार थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको छ ।
उक्त संक्रमित संख्या सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।
त्यसै अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६५ जना संक्रमित मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८७ जना क्वारेन्टीनमा रहेका छन् भने कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ४७ पुगेको जनाएको छ।

