तातोपानी नाकाबाट भित्रिए तीन कन्टेनर

  • २७ माघ २०७७, मंगलवार १५:२८ मा प्रकाशित
  • नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनःसञ्चालन भएको छ।

    भोटेकोशी बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो। 

    नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए।

    एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेरमात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड-१९ संक्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ।

    चीनबाट अब व्यापारीले थोरैमात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरूद्ध नभएमा ती सामान चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ।

    भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरू गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ। 

    आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, माक्स तथा जलद्यिुत् आयोजनाका मेसिनरी सामान रहेको बताइएको छ। रासस

    Leave a Reply