अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी, आवसीय इलाकामा खस्यो

  • ९ फाल्गुन २०७७, आईतवार १०:१५ मा प्रकाशित
  • अमेरिकाका बोइङ जेट विमानको एक इन्जिनमा आगलागी भएको छ । इन्जिनको पार्टपूर्जा आवसीय इलाकामा खसेको छ ।यो घटना डेनवर नजिकै भएको हो जहाँ विमानले उडान भरेपछि इन्जिन फेल भएको थियो ।बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० सदस्य सवार थिए । इन्जिनमा आगलागी भएतापनि उक्त विमान सकुशल डेनवर विमानस्थलमा फिर्ता भएर अवतरण गर्न सफल भयो ।

    बूकफिल्ड इलाकाका प्रहरीले एक तस्बिर पोस्ट गरेका छन् जसमा विशाल इन्जिनको बाहिरी फ्रेम एउटा घरको अगाडि बगैंचामा खसेको छ ।यो विमानले डेनवरबाट होनोलुलुका लागि  उडान भरेको थियो ।फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार विमान ३२८ को दायाँ इन्जिनमा खराबी आएको थियो ।

    ब्रूमफिल्ड प्रहरीले स्थानीयलाई अनुसन्धानमा कुनै असर नपरोस् भनेर उक्त भग्नावशेषलाई नछुन आग्रह गरेको छ ।

     अनलाइन पोस्टमा देखिए अनुसार इन्जिनबाट धुँवा आइरहेको छ । एक भिडियो पनि सार्वजनिक भएको छ जुन विमान भित्रबाट खिचिएको हो । यसमा झ्याल नजिकैको इन्जिनमा लागेको आगो स्पष्ट रुपमा देख्न सकिन्छ ।

    एक स्थानीय व्यक्तिले सीएनएनसँगको कुराकानीमा विमानको पार्टपूर्जा खसेको र आफ्नो बच्चालाई लिएर सुरक्षित स्थानमा लुकेको बताए ।

    Leave a Reply