प्रचण्ड र देउवाबीच फोनसंवाद, आज प्रधानमन्त्रीको अफर दिएर प्रचण्डले देउवालाई भेट्दै

  • १२ फाल्गुन २०७७, बुधबार ०९:१५ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ । दुवै नेताबीच प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि कसरी बढ्नेबारे कुराकानी भएको छ ।

    दुवै नेताले आज बुधबार भेट्ने तय गरेका छन् । प्रचण्ड चितवनबाट काठमाडौं आएपछि देउवालाई भेट्नेछन् । यसअघि प्रचण्डले देउवालाई संसद पुनःस्थापनाको पक्षमा अगाडि बढेमा प्रधानमन्त्री बन्न सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

    केहि दिन अघि साँझ प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । स्रोतका अनुसार उनीहरुले देउवालाई केन्द्रदेखि प्रदेशसम्मै सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । स्रोतले भन्यो, ‘उहाँहरुले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र संसद पुनःस्थापना भएमा सरकारमा सहकार्य गर्ने प्रस्ताव गर्नु भएको छ । साथै, केन्द्रमा मात्र होइन, प्रदेशमा पनि सत्ता साझेदारीको प्रस्ताव छ ।’ भेटमा देउवाले अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए ।

    आज यी दुई नेताबीच अबको सत्ता समिकरणबारे छलफल गर्ने तय भएको बुझिएको छ । प्रचण्डले भने देउवासँग खुशी साटासाट भएको बताएका छन् ।

    यसैगरी, आज नै ओली सरकार बाहिर रहेका दलहरुको बैठक बस्ने तयारी भएको छ । बैठकले भविष्यमा कसरी बढ्नेबारे छलफल गर्ने बुझिएको छ ।

    Leave a Reply