धादिङको धार्के नजिकै चार किलोमा मोटरसाईकल दुर्घटना, बाबु छोराको मृत्यु

  • २९ माघ २०७७, बिहीबार २१:०२ मा प्रकाशित
  • धादिङ, २९ माघ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका स्थित चारकिलो भन्ने स्थानमा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक रुपा थापाका अनुसार मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नं. ३ का डा. सुरेश अधिकारी र उनका छोरा बलराम अधिकारी रहेका छन् ।
    धादिङवेशीबाट काठमाण्डौ तर्फ जान लागेको बागमती प्रदेश ०२–००९ प ८२३० नम्वरको मोटरसाइकल, काठमाण्डौबाट चितवन जादै गरेको ना१क ६५४७ नम्वरको ट्रकमा ठोक्किएर आज (बिहिबार) दिउँसो २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । इच्छाकामनाा न्यज बाट ।

    Leave a Reply