दीपशिखालाई हटाएर ओली समूहले बनायो बचन सिंहलाई युवा संघको अध्यक्ष

  • २७ माघ २०७७, मंगलवार ०९:२१ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएर उक्त पदमा बचनबहादुर सिंहलाई अध्यक्ष बनाएको छ।

    सोमबार काठमाडौंमा भेला गरेर ओली समूहले सहअध्यक्षमा किरण पौडेललाई जिम्मेवारी दिएको जनाएको छ।

    युवा संघका नेता रमेश पौडेलका अनुसार नयाँ टिमलाई युवा संघको जिम्मेवारी दिइएको छ।

    तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्रबीच एकतापछि पौडेल युवा संघमा सहसंयोजक थिए। उनले हालसम्म आफूलाई सहयोग गर्नेलाई धन्यबादसमेत दिएका छन्।

    नेकपा दुई भिन्न समूहमा बाँडिएपछि दीपशिखा प्रचण्ड-नेपाल पक्षमा लागेका छन्।

    Leave a Reply