ओलीलाई प्रचण्डले भने- अलिकति लाज छ भने राजीनामा दिनुस्

  • ११ फाल्गुन २०७७, मंगलवार २०:३१ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

    ‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवनबाट मंगलबार साँझ प्रचण्डले भने।

    उनले मूल पार्टीमा सांसदहरूलाई फर्कन आग्रह गरेका छन्।

    ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको उनले बताए।

    सर्वोच्चले आज प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ।उनले देशैभर विजय र्‍याली र जुलुस गर्न अपिल गरेका छन्। प्रचण्डले राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने बताए।

    Leave a Reply