अन्जु पन्त र कमल खनालको ‘जाले रुमाल’ युट्युबमा हिट हुदै

  • १५ फाल्गुन २०७७, शनिबार १९:०७ मा प्रकाशित
  • काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक कमल खनालको स्वरमा शुक्रबार सार्बजनिक भएको जाले रुमाल केहि घण्टा मै यु ट्युबमा हिट भएको छ । गायक कमल खनाल शब्द र संगीत रहेको ‘रुमाल, रुमाल जाले रुमाल’ बोलको यो गीतले नेपाली लोक संगीतको क्षेत्रमा अर्को चर्चित गीतका रुपमा रहने चर्चा गरिएको छ।

    यो गीतमा संगीत संयोजन कमल सौरागले गरेका छन । गीतको सहगायनमा स्मृति शाही र पुष्पा बोहराले साथ दिएका छन् । प्रिजम डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

    जाले रुमालको म्यूजिक भिडियोमा लोकप्रिय निर्देशक प्रकाश भट्टको कला कौशल देखिन्छ । निर्देशन र कोरियोग्राफ प्रकाश भट्टको रहेको भिडियोलाई देखेपछि बजारमा धेरैले प्रशंसा गरेका छन् ।

    यस गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा पल शाह र गरिमा शर्माको नृत्य तथा अभिनय रहेको छ । भिडियोमा अमर सुनारले एसिस्टेन्ट कोरियोग्राफी गरेका छन् । श्याम मल्ल र अनिता ग्वाछाको श्रृंगार रहेको भिडियोलाई साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।

    Leave a Reply