तुलसीपुर, २८ माघ ।
तुलसीपुरमा तीनदिनसम्म सहकारीकर्मीलाई कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । सोमबारदेखि शुरु भएको तालिमको आज समापन गरिएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले मुलुकको आर्थिक विकासका लागि सहकारी अपरिहार्य भएको बताउनुभयो ।
तुलसीपुर क्षेत्रमा सहकारीको अपेक्षाकृत विकास हुन नसकेको बताउदै सहकारीमा सदस्य संख्या र संस्थाहरूमा पूँजी वृद्धि गनेुपर्ने कुरामा जोड दिनुुभयो ।
उहाँले बलियो र विकसित सहकारी बनाउनका लागि एकिकरण आवश्यक रहेको समेत बताउनुभयो । समापन कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ दाङका सचिव शुक्रराज भण्डारीले सहकारीमा शिक्षा तालिमको धेरै महत्त्व रहेको बताउदै सबै सहकारी संस्थाहरूले सहकारी शिक्षा कोषको प्रयोग गरेर संचालक, कर्मचारी , सदस्य , नागरिक र नेता तथा कर्मचारीलाई समेत सहकारी पढाउनुु पर्नेमा जोड दिनुभयो ।
राप्ती विश्वासी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक घोराही शाखा समन्वय उपसमितिका सदस्य हेमन्त योगीको अध्यक्षता र प्रशिक्षक नारायण वेलबासेको सहजीकरणमा समापन कार्यक्रम भएको थियोे ।
तालिममा दाङको तुलसीपुर क्षेत्र र सल्यान जिल्लाका सहकारीका संचालक र कर्मचारी गरि ३० जना भन्दा बढिको सहभागीता रहेको थियोे ।
हाम्राे पहुच समाचार बाट


