साउदी अरबको अल कासिममा घुम्ती टोलिद्वारा पासपोर्ट सहजीकरण कार्यक्रम सम्पन्न ।

  • १९ पुष २०७७, आईतवार ००:४९ मा प्रकाशित
  • रम्जान समर्पण

    २ जनवरी २०२१, अल कासिम साउदी अरब ! नेपाली दूतावास रियाद र गैर आवासीय नेपाली संघ द्वारा संचालित परियोजना “नेपाली श्रमिक आउटरेज क्याम्पिङ” को संयुक्त आयोजना मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम साउदी अरबको अल कासिममा सम्पन्न भएको छ ।

    एनआरएनए साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग दूतावाससित समन्वय गर्दै बिगतका दिनहरुमा साउदीका विभिन्न भुभागहरुमा यस्ता कार्यक्रम गरिसकेको र आज ०२-जनवरी-२०२१ शनिबारका दिन साउदी अरबको अलकासिम क्षेत्र स्थित बुरैदाको अल बाइक नजिक रहेको एक होटलमा  पासपोर्ट (राहदानी) नविकरणका लागि आबेदन संकलन घुम्ती सेवा सम्पन्न गरेको छ।

    कार्यक्रममा नेपाली राजदुतावास रियाद बाट द्वितिय सचिब तारा गौतम खनाल, स्थानिय कर्मचारीहरु हेमन्त आचार्य, अजय दंगाल,  एनआरएनए साउदीका उपाध्यक्ष विशाल कुमार श्रेष्ठ,सह कोषाध्यक्ष, योगेन्द्र बहादुर श्रेष्ठ,सदस्य मनिष कोईराला, अल कासिमका क्षेत्रीय उपाध्यक्ष कृष्ण अधिकारी, सचिब बिष्णु रावल, सह सचिब ध्रुव कटुवाल कोषाध्यक्ष रोहित घिमिरे, प्रबक्ता नुरुल जमा अन्सारी र स्वयम सेवकहरु बिष्णु पाण्डे, कर्ण नाल्बो, असोक सुवेदी हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

    उक्त कार्यक्रम बिहाना ८ बजेदेखि बेलुकी ४ बजेसम्म सन्चालन रहेको र अलकासिम आसपासका क्षेत्रहरू बुरैदा, उनैजा, अलरास बाट गरि ७० जना श्रमिकहरुले पासपोर्ट सहजिकरणको सेवा लिइएका थिए ।

    Leave a Reply