ललितपुरमा लुटपाट गर्ने युबतिको ग्याङ पक्राउ

  • २४ पुष २०७७, शुक्रबार ०९:३६ मा प्रकाशित
  • काठमाडौं । समाजमा लुटपाट मच्चाउने युबतिको ग्याङ पक्राउ परेका छन् । गत पुस १३ मा ललितपुरको च्यासल बस्ने ५७ वर्षीया धनकुमारीको कोठामा आएका अपरिचित ३ जना युवती र एक युवाले प्रलोभन देखाएर धनकुमारी ठकुरीको घरमा लुटपाट गरेका थिए ।

    उक्त लुटेराहरुले धन कुमारीको घरबाट उनीसँग भएको दुई थान सिमाला, पहेँलो पत्थर, पहेँलो टल्किने पत्थर र १४ थान पुराना सिक्का लुटेर भागेका थिए। 

    लुटपाटमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका भरत मगर, ताप्लेजुङ घर भएकी २८ वर्षीया निर्मला राई, ताप्लेजुङकी सुस्मिता डिम्डोङ र ललितपुर घर भएकी ३० वर्षीया लबिन लामा छिन् ।

    आरोपीहरुलाई च्यासलबाट पक्राउ गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाका एसएसपी दिपक थापाले बताए । यो समाचार रातोपाटिले छपाएको छ।

    Leave a Reply