
मुग्लिन, ७ माघ । चितवन र तनहुँ जोड्ने पुरानो मुग्लिन पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक किशोरीको स्थानीयले उद्धार गरेका छन्।
ईच्छाकामना गाउँपालिका–५, मुग्लिन बजारकी १७ वर्षकी किशोरीले मंगलबार दिउँसो पूरानो प्रयोग विहीन मुग्लिन पुलबाट हाम फालेर आत्महत्याको प्रयास गर्दै गर्दा एक युवकले देखेपछि स्थानीयले उद्धार गरेर उनलाई स्थानीय प्रहरी प्रशासनलाई बुझाएका थिए ।
घरायसी विवादका कारण कक्षा ११ मा अध्ययनरत ती किशोरीले आत्महत्याको प्रयास गरेकी र सम्झाई बुझाई गरी परिवारको जिम्मा लगाईएको पुल जीप युवा क्लबका अध्यक्ष बिजय गुरुङ्गले जानकारी दिनुभयो । आजको इछ्छाकामना न्युजले छापेको छ ।

