इन्द्रावती गाँउपालीका र नेपाल बिद्युत प्राधिकरण हेलम्बु मेलम्ची बितरण केन्द्रबीच बिभिन्नन बिषयमा सम्झौता

  • ६ माघ २०७७, मंगलवार १९:५० मा प्रकाशित
  • माघ ६ । इन्द्रावती गाँउपालीका सिन्धुपाल्चोक र नेपाल बिद्युत प्राधिकरण हेलम्बु मेलम्ची बितरण केन्द्रबीच बिभिन्न सहमतीमा सम्झौता भएको छ । आज गाउँपालिकामा अध्यक्ष बंशलाल तामाड,प्रमुख प्रशाशकिय अधिकृत श्रीकृष्ण पौडेल र प्राधिकरणका केन्द्रप्रमुख माधव न्यौपानेबीच बिद्युत मर्मत बिस्तार एवम् चोरी नियन्त्रण गर्ने बिषयमा सहमती गरिएको गाउँपालिका अध्यक्ष बशलाल तामाडले जानकारी दिनुभयो । आर्थिक बर्ष ७७,७८ भित्र ईन्द्रावती गाउँपालिका भित्र काठको पोल मुक्त गराउने लक्ष्य राखिएको छ । हाल वडा नं ४ देखि १२ भित्र एच टी तथा एल टी लाईनमा हालसम्म पनि जिर्ण पोलहरु रहेकाले यसबाट दुर्घटना हुनसक्ने भन्दै सो सम्झौता गरिएको हो ।
    बिद्युत चोरी नियन्त्रणका लागी ठोस कदम चाल्ने निर्णय समेत गरिएको छ । यस्तै बिद्युत जडान गर्न नसक्ने गरिब तथा अति बिपन्न परिवारलाई वडाको सिफारिसमा प्राधिकरणले निशुल्क उपलब्ध गराई जडान गरिदिने र क्रमश एबिसी केबल प्रयोग बढाउँदै लाने सहमति भएको अध्यक्ष तामाडले जानकारी दिनुभयो

    Leave a Reply