
१७ जनवरी २०२१ ! एनआरएनए कतारले निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको कुरा अध्यक्ष मोहम्मद मुक्तदाले जानकारी गराएका छन् ।
कतारमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनी हरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार द्वारा यहि आउदो २२ जनवरी २०२१ देखि १ हप्ताका लागि तल उल्लेखित मिति, स्थान र समयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मोक्तदाले जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने छ ।
अध्यक्ष मुक्तदाले आफ्नो फेसबुकबाट जानकारी गराउदै परिक्षणमा सहभागी भैई स्वास्थ्य लाभ लिनुहुनका लागी कतारमा कर्यररत सबैमा अनुरोध गरेका छन् ।
कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रा मा २२ जनवरी २०२१, शुक्रबारको लागि दिनको ४:०० बजे देखि बेलुकी ९:०० बजे सम्म र २३ जनवरी देखि २८ जनवरी २०२१ सम्मको लागि बिहान ८:०० बजे देखि बेलुकी ९:०० सम्म कार्यक्रम संचालन गरिने छ।

