
प्रबासी नेपाली समन्वय समितिको सहयोगमा साउदी अरबको पुर्बी क्षेत्रमा अवस्थित अबकेकमा कार्यरत नेपाली कामदारहरुकोसमस्याको बारेमा बुझ्ने र भबिष्यमा पर्ने सम्भावित समस्याहरुको बारेमा प्रबासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक नारायण पासवानको रोहवरमा आज सचेतना कार्यक्रम सम्पन्न भयो ।

सानातिना समस्या र प्रलोभनमा परेर कार्यरत कम्पनी छोड्ने गरेकोकारण पिडा ब्यहोर्नु परिरहेको यथार्थलाई बुझाउन सचेतना कार्यक्रम सन्चालन भयो ।
ड्राइभर पेशामा आएका आप्रवासी नेपाली कामदारहरु बिना लाइसेन्स गाडी चलाउनु ट्राफिक नियम उलंघन,तथा मादक पदार्थ सेवन गरि गाडी चलाउने गरेका कारणले धेरै जेल जीवन बिताउनु , ब्लड मनि तिर्नुपर्ने कारणहरु बारे समेत सचेतना र सतर्क रहि गाडी चलाउन छलफल गरिएको थियोे ।
यसै बीच मजरामा कार्यरत ७ जना नेपाली कामदारहरु सङ्ग इकामा नभएको र सूचनाको पहुँच भन्दा टाढा भएकोले आफुहरु समस्यामा रहेकोले सहयोग गरिदिन अपिल गरे ।आफुहरुको
पासपोर्ट सकिन लागेको र सो को लागि कसरी नविकरण हुन्छ भन्ने जिज्ञासा् लाई दूतावासले जारी गरिएको अन लाइन फर्म भर्न सहयोग गरिएको थियो ।

