
बिरगंज , माघ ०९ ।
जिल्ला प्रहरी कार्यालय पर्साको लागु औषध नियन्त्रित कार्ययोजना अन्तर्गत जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.वडा नं.१ खजुरीया टोल स्थितमा गाँजाको बोट लगाएको छ भन्ने बिशेष सुचनाको आधारमा पर्सा प्रहरी कार्यालयको मातहत ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलिले अवैध रुपमा ५ कठ्ठामा लगाइएको लागु औषध गाँजा लगभग चार हजार बोट फडानी गरी नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।

