
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेताबाट हटाउने तयारी गर्दैगर्दा प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।
केन्द्रीय समिति बैठकबाट ओलीलाई यी पदबाट हटाउने तयारी गर्दैगर्दा ओलीले प्रतिनिधि सभा विघटन गरेको प्रचण्डको भनाइ थियो।
उनले यो कुरा आज गण्डकी प्रदेशले पोखरामा गरेको कार्यक्रममा खुलाएका छन्।
‘केन्द्रीय समिति बैठकले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट छोड्नुपर्छ भन्थ्यो त्यो तयारी थियो,’ उनले भने, ‘गल्ती नसच्याउने हो भने केन्द्रीय समिति बैठकबाट दल नेता र अध्यक्षबाट हटाउने भन्ने थियो। जालझेलको भाषा ओलीले गर्न सक्छन् हामी सक्दैनौं, मैले प्रष्ट भनें।’
उनले सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा परेको पनि बताएका छन्। ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग भएको पनि प्रचण्डले बताएका छन्। सेतोपाटी बाट ।

