सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा ९५ जना दलित बालबालिकाहरु लाई न्यानो कपड़ा बितरण

  • १२ माघ २०७७, सोमबार १३:१८ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज माघ । अहिले जाड़ो यामको समयमा तराई को जिल्ला हरुमा शीत लहर बढ़ेपछि सामाजिक अभियन्ता प्रकाश थारूको समायोजनमा तथा काठमाण्डॉ निवासी डॉक्टर बी पी खानाल र बिरगंज निवासी राजकुमार घिमिरेको पूर्ण आर्थिक साहयोग मा न्यानो कपडा बितरण गरीएको छ।

    पर्सा जिल्ला पटेर्वा सुगौली गाऊँपालिक वार्ड नम्बर ५ को मोरटोलको श्री जय दुर्गे दलित आधारभूत विद्यालयमा अध्ययनरत गर्ने ७३ जाना बिपन्न गरीब मुसहर(माँझी) ,चमार तथा पासवान छात्र छात्राहरु तथा कलैया उप महानगर पालिक वार्ड नम्बर ३ मोतिबागको मुसहर (माँझी) समुदाय को २२ जाना बाल बालिका गरी जम्मा ९५ जना गरीब, विपन्न बालक बालिका हरुलाई ऊनिको न्यानो कपड़ा त्यस विद्यालय को शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थितिमा बितरण कार्य गरिएको छ ।

    Leave a Reply