
लामो समयदेखि अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलक र लिम्पियाधुरा भारतसँग सेटङ गरेरै फिर्ता ल्याएरै छाडने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको छ ।
नेकपाबाट अलग भएको पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालको समुहले सेटिङ गरेर भारतीय न्यूज च्यानललाई अन्तर्वार्ता दिएको आरोप लगाएको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।
जिटीभिले मलाई अति नै खेदिराखेको थियो, पछि बास्तविकता बुझेछ, माफी माग्यो, धेरै पहिलादेखि अन्तवार्ता लिन खोजेको थियो, माफी नै मागिसकेपछि समय मिलाए, त्यहाँ देशको हितमा कँहीकतै डगमगाएको छैन, तर साथीहरु सेटिङ गरेर अन्तर्वार्ता गरायो भन्दै कराउन थाले,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अव भारतसँग कुरा गरेर सहमत गराएर सेटिङ गरेरै अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु, देशको हितमा, नेपाली जनताको हितमा भारतसँग यस्तो सेटिङ गर्नैपर्छ, गरिरहन्छु ।’

अनेमसंघको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालमा देशहितमा कुरा गर्ने ल्याकत नभएको मात्रै होइन, सोच्दा पनि नसोच्ने गरेको तथ्य पनि राख्नुभयो ।
अनेक तत्व के के भनेका छन्, के के निकाल्या छन्, के के गर्या छन् । सेटिङ गरेर हो, सेटिङ गरेरै हो । यस्तो देशको पक्षमा सेटिङ हो भने गर्नुस् न भारतसँग भोली वार्ता गरेर सेटिङ गरेर जे जे गरेर हुन्छ लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता ल्याउँछु । फेरी यिनीहरुले भन्नेछन् सेटिङ गरेरै हो, वार्ता गररै हो । भारतलाई मञ्जुर गराएरै हो फिर्ता ल्याएको ! अँ मञ्जुर गराएरै ल्याएको हो । वार्ता गराएरै वार्ताकै माध्यमबाट फिर्ता ल्याउने हो । कति छाति पिटी पिटि रोएका यिनीहरु अचम्म लाग्छ मलाई १ भर्खरै परराष्ट्रमन्त्री फर्किनुभयो दुबै देशका सरकारले सीमासम्बन्धी विवाद वार्ताद्धारा समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । त्यो पनि सेटिङ गरेरै हो भनेर भन्छन् । सेटिङ गरेरै हो । अनि सेटिङ नगरी परराष्ट्रमन्त्री कसरी जान्छ, वार्ता कसरी हुन्छ ? वार्ता नगरीकन विज्ञप्ति कसरी आउँछ ? सहमति नभईकन कसरी विज्ञप्ति आउँछ ? सहमति नभई कसरी एउटा सम्झौता हुन्छ त्यसकारण यसमा कुनै भ्रम पाल्न आवश्यक छैन ।


