
रुपन्देही– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई निर्देशन दिएका छन्।
आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उनले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे।
उनले नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै सरसफाइकर्मी सहज रूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिए। खोप अभियानका लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पनि मन्त्रीj त्रिपाठीले सुझाव दिए।
अस्पतालको खोप केन्द्रको निरीक्षणपछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गरेका थिए। देश संचार रासस ।

