केपी ओलीलाई जेल हाल्छाैं – माधवकुमार नेपाल

  • ९ माघ २०७७, शुक्रबार १८:०९ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई जेल हाल्ने घोषण प्रचण्ड समूहले गरेको छ ।
    आफूले गल्ती गरेको स्वीकारेमा ओलीलाई केही समय जेलमा राखेर माफी दिन सकिने सो समूहका अध्यक्ष माधवकुमार नेपालले बताउनभयो ।
    प्रतिनिधि सभा विघटनको विरोधमा आज काठमाडौंमा आयोजित सो समूहको कार्यक्रममा नेपालले भन्नुभयाे – ‘मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् ओलीले समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला, अथवा सुरुमै माफी पनि दिउँला ।’ 
    तर कुनैपनि हालतमा केपी ओलीसँग नझुक्ने दाबी पनि नेपालले गर्नुभयाे । आफू कर्णाली गएका बेला केपी ओलीले माफी माग्नुभएकाे भन्ने लागेकाे टिप्पणी पनि उहाँले गर्नुभयाे ।
    ‘म त भर्खरै कर्णालीबाट आउँदैछु कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि ? विघटन गरेर गलत गरेँ भन्दै जुलुसमा आउँछु भनेकी ?’-नेपालकाे भनाइ छ ।
    केपी ओलीको गलत कदमविरुद्ध आफूहरुको प्रदर्शन कास्टिङ मात्र भएको बताउँदै उहाँले भन्नुभयाे – ‘आजको यो कार्यक्रमले जनआन्दोलनको झल्को दिएको छ, तपाईंहरु बुझ्नुस्, यो त कास्टिङ मात्रै हो, फिल्म आउनै बाँकी छ ।’

    Leave a Reply