सञ्चयकाेष ऋणिहरूलाइ खुशीकाे खबर, नेपाल बैंककाे जुनसुकै शाखाबाट कर्जा भुक्तानी गर्न पाइने

  • १६ पुष २०७७, बिहीबार १३:५९ मा प्रकाशित
  • फाइल तस्विर

    कर्मचारी स‌ञ्चयकाेषका सञ्चयकर्ताहरूले काेषबाट लिएकाे जुनसुकै ऋणकर्जाकाे साँवा, ब्याज तथा किस्ता रकम आफ्नाे नजिकै रहेकाे नेपाल बैंक लिमिटेडकाे जुनसुकै शाखा तथा एक्स्टेन्सन काउन्टरबाट तिर्न पाउने भएका छन ।

    नेपाल बैंक लिमिटेडले काठमाण्डाै लगायत देशभरका आफ्ना सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट उक्त सुविधा दिन लागेकाे हाे । अन्य केहि बैंकहरूले यस अघि नै याे सेवा प्रदान गर्दै आइराखेकाे भएतापनि नेपाल बैंक लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताकाे मासिक सञ्चित रकम जम्मा गर्ने सुविधा मात्र दिदै आएको थियाे । अब भने यस बैंक मार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले आफ्नाे कर्जा भुक्तानी गर्न समेत पाउने बैंकले जनाएकाे छ ।

    Leave a Reply