राष्ट्रियसभाकाे हिउँदेअधिवेशन पुस १७ गतेका लागी आह्वान

  • १६ पुष २०७७, बिहीबार १४:३५ मा प्रकाशित
  • काठमाडौ, १६ पुस

    फाइल तस्बिर

    राष्ट्रियसभाकाे हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेका लागी आह्वान गरिएकाे छ । उक्त अधिवेशनका लागी राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण अनिवार्य गरिएकाे छ । अधिवेशनमा काेराेना नेगेटिभ भएका सांसदहरूलाइ मात्र प्रवेश गर्न दिइने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जनाएका छन ।

    संसद सचिवालयले राष्ट्रियसभाको हिउँदे अधिवेशनकाे पहिलाे बैठक शुरू हुनु भन्दा एक दिन अघि विहिबार सम्पुर्ण सांसद सदस्यहरूकाे निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको र त्यसकाे रिपाेर्ट भाेली सम्म आउने जनाएकाे छ ।

    Leave a Reply