सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईने

  • १६ पुष २०७७, बिहीबार १८:४० मा प्रकाशित
  • सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ ।
    राष्ट्रिय जलवायु सम्मेलन मनाउनका लागि सबै तयारी पुरा भएको जिल्ला समन्वय समितिकाा प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा यस बर्षपनि दोस्रो जलवायु दिवस तथा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको हो ।
    जलवायु दिवसको अवसरमा अन्र्तक्रिया सहितको विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाा प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो ।
    गत बर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम कोभिड १९ का कारण सामान्य मात्रै गर्ने तयारी रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
    जलवायु सम्मेलनका क्रममा २०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो

    Leave a Reply