मुग्लिन नारायणघाट बाटोमा जिप दुर्घटना, बिजुलीको पोलमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु, १२ जना घाईते

  • २६ मंसिर २०७७, शुक्रबार १३:४६ मा प्रकाशित
  • जलविरे बोलेरो दुर्घटना अपडेटः बिजुलीको पोलमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु, १२ जना घाईते

    जलविरे, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा भएको बोलेरो दुर्घटनामा परि २ जनाको ज्यान जानुको साथै १२ जना घाईते भएका छन्। जलविरे–ढुङ्ग्रे ग्रामिण कृषि सडक अन्तर्गत आज बिहान अन्दाजी ९ बजेर ५५ मिनेटमा जलबिरेमा  चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकको साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो। 

    130766827_1015123662247523_8188199287826440748_n.jpg
    दुर्घटनामा परेको गाडी बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित बलेरोमा रहेका करिब २० जनामध्ये दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा गाडी चालक चितवन इच्छाकामना गाउँपालिका ६ मस्राङका ३० वर्षिय निर्मल गुरुङ र सोही बोलेरोमा रहेका इच्छाकामना गाउँपालिका ६ ढुङ्ग्रेका ५० वर्षीया खिमा कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 
    यस्तै दुर्घटनामा परि १२ जना घाईते भएका छन्। घाईते मध्य ३ जनाको अवस्था गम्भिर, ३ जनाको अवस्था मध्यम र बाँकी ६ जना घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाईतेहरुको चितवन मेडिकल कलेज भरतपुर र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ भने मृतक शव पोष्टमार्टमको लागि भरतपर अस्पताल लगिएको छ ।चितवनको इच्छाकामानान्युजले छापेको छ ।

    Leave a Reply