
घोराही, २३ मंसिर
दाङको घोराहीमा एक वृद्ध पुरुषको कोरोना संक्रमण (Covid 19) का कारण मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १८ का एक ६६ वर्षिया पुरुष रहेका छन ।
उनको मंगलबार बिहान १:३५ वजे काेराेना विशेष अस्पताल वेलझुण्डि दाङमा उपचारकाे क्रममा दुखद निधन भएको थियो ।
मृतक पुरुष यहि मंसिर १६ गते देखि उक्त अस्पतालमा भर्ना भइ आइ.सि.यु. मा उपचाररत थिए । अस्पताल अनुसार उनि निमोनियाबाट ग्रसित थिए । योसँगै उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

