प्युठान बडहराका एक ब्यक्तिको रुखबाट लडेर मृत्यु

  • २३ मंसिर २०७७, मंगलवार १२:२३ मा प्रकाशित
  • दाङ, २३ मंसिर
    प्युठानमा एक ब्यक्तिको रुखबाट लडेर मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नं. १० बडहराका वर्ष ३७ का राजु केएम रहेका छन । उनी घाँस काट्ने उद्देश्यले पिपलको रुखमा चढेका थिए ।

    घर नजिकै रहेको उक्त पिपलको रुखबाट घाँस काटेर खसाल्ने क्रममा एक्कासि लडेर उनी गम्भीर घाइते हुन पुगेका थिए । यसरी गम्भीर घाइते हुन पुगेका केएमको उपचारका लागि विजुवार लैजादै गर्दा मंगलबार निधन भएको प्युठान प्रहरीले जनाएको छ ।

    Leave a Reply